शुक्रबार, चैत्र १६, २०८०

मुलुकमा खोप आयात भएको ७ दिन भित्र वितरण शुरु हुन्छ:  मन्त्री त्रिपाठी

कोभिड खोप वितरणका लागि १६ हजार खोप केन्द्र संगै ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वंयसेविका परिचालन गरिने

काठमाडौ पुस २८,

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड खोप मुलुकमा आयात भएको ७ दिन भित्रमा वितरण शुरु गरिने न्यायपूर्ण वितरणका लागि सरकारले सम्पूर्ण तयारी गरिसकेको बताउनुभएको छ ।  त्यस्तै सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले  खोप  वितरणका लागि सञ्चालनमा रहेका करिब १६ हजार खोप केन्द्र संगै ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वंयसेविकाहरु परिचालन गरिने जानकारी समेत दिनुभयो ।

त्यस्तै उहाँले रुस, भारत र युएईका राजदूतहरुसँग खोप ल्याउने सम्बन्धमा कुरा भैरहेको र पहिलो चरणमा खोप मुख्य जोखिममा रहेका स्वास्थ्यकर्मी लगायत अग्रपंतिमा रहेका व्यक्ति संगै ५५ वर्ष उमेर माथिका र दीर्घ रोगिहरुलाइ प्राथमिकतामा राखिएको जानकारी दिदै प्रथम चरणमा सरकार र सरकार वीचको समझदारी खोप खरिद गरने छ भने त्यस पछि मात्र निजी क्षेत्रबाट समेत ल्याउन पहल गरिने बताउनुभयो ।