शुक्रबार, चैत्र १६, २०८०

पृथ्वीनारायण शाहको प्रतिमामा माल्याअर्पण गर्न पुगेको र्यालीमाथि प्रहरी हस्तक्षेप , सिंहदरवार क्षेत्र तनावग्रस्त

काठमाडौ पुस २७,
राष्ट्र निर्माता वडामहाराजधिराज पृथ्वीनारायण  शाहको २९९ औँ जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सिंहदरबारको पश्चिम गेटस्थित उहाँके प्रतिमामा माल्याअर्पण गर्न पुगेको र्यालीमा माथि प्रहरी हस्तक्षेप हुँदा सिंहदरावर क्षेत्र तनावग्रस्त भएको छ । २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिको आह्वानमा प्रतिमामा माल्यार्पणका लागि र्‍यालीसहित गएका सहभागीहरुलाइ प्रहरीले रोक्न खोज्दा सहभागी र प्रहरीबीच झडप भएसंगै सिंहदरवार क्षेत्र तनावग्रस्त भएको हो ।   प्रहरीसंग भएको झडपमा  र्यालीमा सहभागी केही घाइते भएका छन भने केहीलाई प्रहरीले पक्राउ समेत गरेको  विश्वहिन्दू महासंघकी महासचिव अस्मिता भण्डारीले जानकारी दिइन ।

प्रहरीका अनुसार निषेधित क्षेत्रमा प्रवेश नगर्न भन्दाभन्दै अटेर गरेका कारण  आफुहरुले बल प्रयोग गर्न बाध्य भएको जनाउ दिएका छन । त्यसलगत्तै प्रहरीबिरुद्ध चर्को नारावाजी समेत भएको थियो । त्यसपछि त्यस क्षेत्रमा सवारी आवातजावत समेत प्रभावित भएको थियो ।  साथै र्यालीमा सहभागी अभिनेत्री मनिषा कोइराला, रमेश खरेल तथा सहितको टोलीलाई पनि प्रहरीले अघि बढ्न रोक लगाएको थियो ।