बुधबार, बैशाख १२, २०८१

सार्वजनिक जग्गा हाउजिङको नाममा पास गर्ने नापी कार्यालय, ललितपुरका प्रमुख जैसीसमेत १७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं पुस २६,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिका वडा नम्बर २८ र २३ मा पर्ने कर्मनासा खोला आसपासको ८ रोपनी १२ आना सार्वजनिक जग्गा हाउजिङको नाममा पास गरेको अभियोगमा ललितपुरका तत्कालीन नापी कार्यालय प्रमुख बुद्धिमान जैसीसहित १७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले मुद्धा दायर गरेका नापी कार्यालय ललितपुरका कार्यालय प्रमुख जैसी र ललितपुरका तत्कालीन कार्यालय प्रमुख बाबुराम खनालसहित नापी अधिकृत बालेश्वर यादव र सर्भेक्षक केशव थापा मगर, मालपोत कार्यालय, नासु ख्याम नारायण पौडेल, नासु दिनेश न्यौपाने र खरिदार आत्माराम लुईटेल रहेको छन । त्यस्तै अख्तियारले यूरो हाउजिङ्ग डेभलपर्स प्रालि, यूरो ल्याण्ड डेभलपर्स प्रालिका संचालकहरू गुणीकाजी मानन्धर, योगेश्वर कृष्ण पराजुली, कृष्ण राज श्रेष्ठ, टंक बहादुर श्रेष्ठ, गोपालदाश मानन्धर, वविन मानन्धर र उज्जल मानन्धर तथा काठमाडौं अस्पताल प्रालिका सञ्चालकहरू डा ईश्वरलाल आचार्य, डाक्टर दुर्गामान जोसी र दुर्गेस नन्दिनी भट्टचन रहेका छन ।

अख्तियारका अनुसार मुद्धा दायर गरिका विरुद्ध जनही २ करोड २ लाख ३३ हजार ६ सय ७१ रुपैयाँ विगो दाबी गरिएको जनाएको छ ।