बिहिबार, चैत्र १५, २०८०

राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजबाट अन्त्य

काठमाडौं पुस २६,
राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजबाट अन्त्य भएको छ । बैठकमा प्रधानमन्त्री केपी ओलीले थारु आयोगको वार्षिक प्रतिवेदन र विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन पेस गरेसंगै अधिवेशन अन्त्य भएको हो ।

अधिवेशन अन्त्य हुनुअघिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधानमा गरिएको व्यवस्थाअनुसार राष्ट्रपतिबाट प्रतिनिधिसभा विघट्न भएको स्पष्ट पार्दै विघटित प्रतिनिधिसभा कुनै पनि हालतमा पुनर्स्थापना हुन नसक्ने बताउनुभएको थियो ।

पुस १७ गतेदेखि सुरु भएको अधिवेशन १० दिनमा आजबाट अन्त्य भएको हो । १० दिने बैठकमा  ७ वटा अध्यादेश तथा विधेयक माथि कारवही भएको राष्ट्रिय सभा सचिवालयले जनाएको छ ।