बिहिबार, बैशाख १३, २०८१

कराँते खेलाडी मण्डेकाजीलाइ मध्यपुर थिमी नगरपालिकाको बधाइ ज्ञापन

काठमाडौं पुस २५ ,
वर्ष २०७७ को पल्सर स्पोर्टस अवार्ड अवार्डअन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयनमा पर्न सफल कराँतेका खेलाडी मण्डेकाजी श्रेष्ठलाइ मध्यपुर थिमी नगरपालिकाले शुक्रवार बधाइ तथा शुभकामना ज्ञापन गरेको छ ।

काठमाडौंमै सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद [साग] मा व्यक्तिगत र समूहतर्फ गरी दोहोरो स्वर्ण पदक जित्दे देशको गरिमा अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएकोमा नगरपालिकाले सम्मान सहित बधाइ ज्ञापन गरेको हो ।

कार्यक्रममा नगर प्रमुख मदनसुन्दर श्रेष्ठ प्रमुख प्रशासकिय अधिकृत चुडामणि पन्थी,महाशाखा प्रमुख  केशव सिलवाल लगायतले खेलजगतको अवस्थाका विषयम आआफ्नो धारणा अभिव्यक्त गर्दै मण्डेकाजी मध्यपुर थिमी नगरपालिकाको गौरव भएको बताउनु भएको थियो ।