शुक्रबार, चैत्र १६, २०८०

कार्तिक नाच संरक्षण समितिलाइ ललितपुर महानगरको ५० लाख सहयोग

ललितपुर पुस २५ /अनुप प्रधान
विसं १६९७ पाटनका तत्कालीन मल्ल् राजा सिद्धिनरसिंह मल्लको कार्यकाल देखि शुभारम्भ भएको एतिहासिक कार्तिक नाचको सञ्चालन एवम सरक्षणका लागि ललितपुर महानगरपालिकाले कार्तिक नाच संरक्षण समितिलाई अक्षयकोष स्थापनार्थ ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको
छ ।

महानगरपालिकाका प्रमुख प्रमुख चिरीबाबु महर्जनले यसअघि घोषणा गर्नुभए मुताविक नाच संरक्षण्का लागि अक्षयकोष खडा गर्न ५० लाख रुपैयाँको चेक आज स्थानीय क्षेत्रमा आयोजित एक कार्यक्रमकावीच हस्तान्तरण गर्नु भएको हो ।  पछिल्लोसमय अर्थ अभावकै कारण नाचको संरक्षण तथा सञ्चालमा समेत समस्या सिर्जना हुन थालेपछि २७ दिन सम्म् सञ्चालन हुने नाचलाइ क्रमस छोट्याउँदै लैजानुपर्ने वाध्यता सिर्जना भएको सरोकारवालाहरुले बताए ।

कार्तिक नाच ललितपुरको मात्र भइ मुलुकको नै पहिचान भएका कारण नाचको सरक्षण स्थानीय सरकारको दायित्व समेत भएको बताउदै महानगर प्रमुख महर्जनले त्यसअवसरमा जिवन्त सम्पदाका रुपमा रहेको नाच संरक्षण्का लागि भविष्यमा पनि सहयोग गर्दै जाने बताउनुभयो ।