बुधबार, बैशाख १२, २०८१

ओली नेतृत्वको सरकार गठन भएदेखि नै मुलुकमा अराजकताको विजारोपण :  नेता जोशी

काठमाडौ पुस २५,
नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशभर प्रदर्शन गरेको छ ।  प्रधानमन्त्री ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध कांग्रेसले घोषणा गरेको दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्र्तगत आज देशभरका ३३० प्रदेश तहमा विरोधसभा गरेको हो ।

यसैक्रममा काठमाडौं काँग्रेस निर्वाचन क्षेत्र न ८ प्रदेश सभा ले महानगरपालिका वडा न २३ मा आयोजना गरेको विरोध सभालाइ सम्बोधन गर्दै काँग्रेस केन्द्रीय सदस्य नविन्द्रराज जोशीले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार गठन भएदेखिनै मुलुकमा अराजकताको विजारोपण भएको बताउदै पछिल्लो समय मुलुकमा सर्व सत्तावाद लाड्नका लागि प्रम ओलीले काँग्रेसको नेतृत्वमा जारी भएको लोकतान्त्रिक संविधानको मर्ममाथि प्रहार गर्दै संसद विघटन गरेको आरोप लगाउनभयो ।

त्यस्तै पूर्व मन्त्री समेत रहेको नेता जोशीले लोकतन्त्रको आवरणमा पार्टीगत टकरावको कारण सत्ता र व्यक्तिगत स्वार्थका लागि संस्थागत हुँदै गरेको संविधानले परिकल्पना समेत नगरेको संसद विघटन जस्तो गैर सवैधानिक काम गर्दै प्रम ओलीले प्रदर्शन गरेको अधिनायक चरित्र संगै यसवीचमा मौलाएको भ्रष्टाचार लगायतका यावत वेतिथी विरुद्ध र संविधानको रक्षार्थ काँग्रेस आज सडकमा आउनु बाध्य भएको बताउनुभयो

साथै उहाँले कम्युनिष्ट चरित्र संग अवका दिनमा नागरिकलाइ सचेत हुन आग्रह गर्दै सरकारको असंवैधानिक कदम विरुद्ध आ-आफ्नो तह र तप्काबाट विरोध गर्न आवश्यक रहेको बताए । विरोध सभामा प्रदेश सभाका क का उम्मेदावर राज्यलक्ष्मी श्रेष्ठ लगायतले प्रम ओलीको चरित्र र प्रवृति प्रति मुलुकको लागि घातक भएके बताउनुभयो । यसअघि कांग्रेसले पुस १३ गते विघटनविरुद्ध देशभरका १ सय ६५ वटा निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको थियो ।