शनिबार, बैशाख ८, २०८१

प्रचण्ड-नेपाल समूहलाइ भगौडाको संज्ञा दिदै प्रम ओलीले चुनावमा १० सिट जितेर देखाउन दिए चुनौती

‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएका युवाहरु पक्राउ

काठमाडौं पुस २४ ,
संसद विघटन पछि पहिलो पल्ट मोफसलमा आयोजित पार्टीको प्रदेश स्तरीय जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले प्रचण्ड –नेपाल समूह लाई भगौडाको संज्ञा दिदै आगामी चुनावमा १० सिट जितेर देखाउन चुनौती दिएका छन ।

त्यसतै उहाँले नेकपामा प्रचण्डलाई आफूले काम लाग्छ कि भनेर प्रचण्डलाई पार्टीमा ल्याएको थिएँ, धेरै डल्ला साबुन सिद्दियो, पानी सिद्दियो, जस्ताको जस्तै भएपछि आफुले केहि गर्न नसकेको उल्लेख गरे । त्यस्तै  जो जहाँ जसरी कराएपनि प्रतिनिधि सभा पुर्नस्थापना नहुने र चुनाव निर्धारित समयमै हुने दावी गर्दै प्रम ओलीले प्रचण्ड नेपाल समूह अवसरको पोको भएको भन समेत पछि परेन ।

यसैवीच सभास्थलमा कालो मास्क नलगाउन उर्दि जारी गरेपनि निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरेको सभामा सहभागी युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । सभामा प्रधानमन्त्री आउने थाहा पाएपछि युवाहरु भने ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर पुगेका थिए ।