बिहिबार, बैशाख १३, २०८१

कोभिड अपडेट: १८२ को आइसीयूमा र ३७ जनाको भेन्टीलेटरमा उपचार हुँदै

काठमाडौं पुस २४ ,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ५ हजार २६९ जनाको पीसीआर परिक्षणको क्रममा काठमाडौ उपत्यकाका २०७ सहित थप ५ सय ५४ जनामा कोभिड संक्रमण पुष्टिभएसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६४ हजार १५९ पुगेको छ ।

त्यस्तै यसवीचमा देशभरबाट थप ५ सय ८५ जना कोभिड संक्रमणमुक्त भएसंगै नेपालमा संक्रमण मुक्त हुनेको संख्या २ लाख ५७ हजार २२९ पुगेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  साथै मन्त्रालयले देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २१ रहेको जानकारी दिदै उपत्यकामा अन्र्तगत काठमाडौमा १७१, ललितपुरमा २३ र भक्तपुरमा १३ जनामा संक्रमण देखिएको जनाएको छ ।

त्यसैगरी १८२ जना आइसीयूमा र ३७ जनाको भेन्टीलेटरमा उपचार हुँदै गर्दा संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मेत्यु हुनेको संख्या १ हजार ९०९ पुगेको मन्त्रालयले जनाएको छ ।