मङ्लबार, बैशाख ११, २०८१

महानगरभित्र जनस्वास्थ्यका सबैखाले मापदण्ड अपनाएर १ गते बाट विद्यालय खुल्दै

काठमाडौं पुस २४,
काठमाडौं महानगर भित्रका विद्यालयहरु माघ १ देखि खुल्ने भएका छन । स्वास्थ्य सुरक्षा मापदण्ड पालनाका आवश्यक पूर्वाधारको तयारी तथा जोखिम आंकलन विश्लेषणका लागि भन्दै महानगरले विद्यालय खोल्न माघ १ गतेको समय दिएको हो ।

९३ सामुदायिक र ६ सय ४२ निजी विद्यालय रहेको महानगर क्षेत्रमा चालु शैक्षिक सत्रको ३ महिना मात्र बाँकी रहेको अवस्थालाइ दृष्टिगत गर्दै कोभिड संक्रमणबाट बच्न जनस्वास्थ्यका सबैखाले मापदण्ड अपनाएर विद्यालय खुलाउन अनुमति दिइएको महानगरपालिकाका प्रवक्ता तथा वडा नंबर १५ का अध्यक्ष ईश्वरमान डंगोलले बताउनुभयो ।

यसअघि विधालय बन्द रहेपनि महानगर क्षेत्रका विद्यालयमा गत असारबाट अनलाइन कक्षा संगै महानगर मातहतको मेट्रो एफएममार्फत रेडियो कक्षासमेत सञ्चालन गर्दै आएको थियो ।