काठमाडौं पुस २३,
संसद विघटनसंगै दुइ कित्तामा विभाजित सत्तारुढदल नेकपाको प्रचण्ड –नेपाल समूहले सरकार विरुद्ध दोस्रो चरणको आन्दोलन कार्यक्रमको घोषणासंगैआज राजधानीमा नागरिक समूहका अगुवाहरुसँग अन्तक्रिया सहितको छलफल गरेको छ ।
अन्तरक्रियामा वोल्दै पचण्ड नेपाल समूहका अध्यक्ष माधव नेपालले प्रम ओलीको कदमको तिव्र आलेचना गर्दै संसद विघटनको प्रतिगमनकारी कदमविरुद्ध सबै एकजुट भएर लाग्न नागरिक समूहका अगुवाहरुलाइ आग्रह गर्नु भएको छ ।
त्यस्तै सोहि समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीले संसदको विघटन गरेर लोकतन्त्र र संविधानको मर्ममाथिनै घात गरेको बताउदै सरकारकोपस्तुत कदम lवरुद्ध एकाकार हुनुको विकल्प नभएको बताउनुभयो । साथै उहाँले संसदको पुनर्स्थापना गर्नुबाहेक अर्को विकल्प नभएको समेत जिकिर गर्नुभयो ।
अन्तरक्रियामा राष्ट्रिय मानव अघिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र क्षेत्री, नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट , नागरिक अगुवा कृष्ण पहाडी ,नारायण वाग्ले लगायतले वोल्न भएको थियो ।