शुक्रबार, बैशाख १४, २०८१

सांसद विडारीले भने- प्रधानमन्त्री ओलीले संबिधानको धज्जी उडाउने अपराध गर्यो

राष्ट्रिय सभा बैठकमा नेकपाका सासंदवीच चर्काचर्की

काठमाडौं पुस २३,
आज बसेको राष्ट्रिय सभा बैठकमा विभाजित सत्तारुढ नेकपाका सांसदहरु विच नै चर्काचर्की परेको छ । बैठकमा प्रधानमन्त्री ओली पक्षधर सांसदले प्रतिनिधि सभा विघटनको बचाउ गर्दै सरकारको कदम सकारात्मक रहेको बताउदै गर्दा प्रचण्ड-नेपाल समूहले प्रम ओलीको कदम गैर संबैधानिक भएको बताए ।

बैठमा नेकपा ओली पक्षका सांसद खिमलाल भट्टराईले संसदमा बहुमत प्राप्त सरकारका प्रधानमन्त्रीले संसद विघटन गरेर ताजा जनादेशका लागि जनतामा जाने अधिकार प्रधानमन्त्रीको विशेषाधिकार भएको बताउदे गर्दा प्रचण्ड-नेपाल समूहका सांसद रामनारायण विडारीले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भंग गरेर संबिधानको धज्जी उडाउने काम गरेको बताउनुभयो ।

त्यस्तै बैठकमा कांग्रेसका सांसद रमेशजंग रायमाझी,प्रकाश पन्त र अनिता देवकोटा ,जसपाका सांसद मृगेन्द्रकुमार सिंह बैठकमा नेकपा सांसद शेरबहादुर कुँबर र गंगाकुमारी बेल्बासे लगायतका सासदले मुलुकको पछिल्लो राजनैतिक ले घटनाक्रम केन्द्ीत धारणा राख्नु भएको थियो ।