शुक्रबार, चैत्र १६, २०८०

मंगलबारको तुलनामा काठमाडौंको वायु प्रदूषण सूचकाङ्कमा सुधार

काठमाडौं पुस २२ ,
सोमवारबाट एकाएक राजधानीको आकाश धुम्बिएसँगै उपत्यका लगायतका देशका अन्य केही शहरमा बढेको वायु प्रदूषणको मात्रा सोमबार र मंगलबारको तुलनामा केही सुधार आएको छ ।

मंगलबार बिहान काठमाडौंको वायु प्रदुषणको मापन ४८८ कायम भएको जनाउदै वायु गुणस्तरको सूचकाङ्क ृएक्यूआईे अनुसार ३०० देखि ४०० सम्मको एक्यूआइ सूचकाङ्कलाई असाँध्यै खराब तथा ४०१ देखि असाध्यै गम्भिर मानिने भएका कारण विभागले ज्येष्ठ नागरिक र मुटु आदिका दिर्घ रोगीहरुलाई घरबाट बाहिर ननिस्कन विज्ञप्ति मार्फत आगह्र समेत गरेको थियो ।

यहाँसम्मकी सोमवार र मंगलबार काठमाडौ शहर संसारकै प्रदुशित शहरको सूचीको पहिलो नम्बरमा पुगेको अवस्था थियो । तर आज मौसमा सामान्य सुधारआएसंगै बाताबरणीय प्रदुषण समेतमा सुधार आएको विभाग सम्वद्ध अधिकारीहरुले जनाएको छ ।