बुधबार, बैशाख १२, २०८१

प्रहरी कन्ट्रोलमा फोन गरी अनावश्यक हैरानी दिने श्रेष्ठ प्रहरी नियन्त्रणमा

ललितपुर पुस २२ ,
महानगरीय प्रहरी परिसर ललितपुरको प्रहरी कन्ट्रोलमा फोन गरी अनावश्यक हैरानी दिएको अभियोगमा महालक्ष्मी नगरपालिका९४ कमल पोखरी बस्ने राम कुमार श्रेष्ठलाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार श्रेष्ठले प्रहरी कन्ट्रोलमा फोन गरी राति सम्ममा ठुलो क्राईम गर्छु अनि आफु नि मर्छु भनि अनावश्यक हैरानी दिएपश्चात तत्काल खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिदै निज उपर थप अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको  छ ।