मङ्लबार, बैशाख ४, २०८१

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५० राउण्ड गोली सहित मेचीनगरका बद्रि हाङ राई पक्राउ

काठमाडौं, २० पुस
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको चेकिङ एरियाबाट LAPUA LUGER 9MM लेखिएको ५० राउण्ड गोली सहित झापा मेचीनगरका २० वर्षीय बद्रि हाङ राईलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

श्री एयरलाईन्सको उडानबाट भद्रपुर झापा जान लागेका राईलाइ विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान होल्ड ब्यागेज एक्सरे चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको साथमा झोलाभित्र पत्रिकाले र्‍यापिङ गरेको अवस्थामा उक्त राउण्ड गोली फेला परेसंगै अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले प्रहरीले नियन्त्रणमा लिएको हो ।
गौचर प्रहरीका अुसार निजलाइ थप आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त गौशालामा पठाइएको जनाएको छ ।

यसैवीच विमानस्थलबाट ५० राउण्ड गोलीसहित पक्राउ परेका राय उपर हातहतियार तथा खरखजना सम्बन्धी ऐन अनुसार कारबाही प्रक्रिया अघि बढइने प्रहरी वृत्त गौशालाले जनाएको छ ।