शुक्रबार, चैत्र १६, २०८०

प्रचण्ड पत्नी सीतालाई थप उपचारका लागि मुम्बई लगियो

काठमाडौ पुस २०,
नेकपाका अध्यक्ष प्रचण्ड पत्नी सीता दाहाललाई थप उपचारका लागि भारतको मुम्वई लगिएको छ । ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी अर्थात पीएसपी भनिने एक जटिल प्रकारको रोगबाट पीडित प्रचण्ड पत्नी सीताको मुम्बईस्थित न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्सटिच्युटमा हुने बताइएकोछ ।

प्रचण्डका प्रेस सल्लाहका विष्णु सापकोटा ‘जुगलले आज विहान ११स्२० बजे नेपाल एयरलाइन्सको उडानबाट उनलाई नयाँ दिल्ली हुँदै मुम्बई लगिएको र सीताका साथमा पति प्रचण्ड र छोरीहरु रेणु दाहाल र गंगा दाहाल समेत त्यसतर्फ जानभएको जानकाीदिनुभयो  ।