शुक्रबार, चैत्र १६, २०८०

कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि पुन सुरू हुँदै

कांग्रेसले केन्द्रीय समिति बैठक आजदेखि पुन सुरू हुँदै
काठमाडौं पुस १९,
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ। प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि छलफल गर्न गत पुस ७ गतेदेखि जारी रहेको केन्द्रीय कार्यसमिति बैठक पुस १० मा स्थगित गरिएको थियो।

प्रधानमन्त्री ओलीको कदमलाई कांग्रेसले असंवैधानिक, अलोकतान्त्रिक भनेको छ। कांग्रेसले प्रधानमन्त्रीको उक्त कदमबारे १६५ क्षेत्रबाट गत पुस १३ गते विरोध समेत
गरेको थियो। त्यस्तै पुस १६ मा ४५ औं मेलमिलाप दिवस मनाएसंगै स्थगित कांग्रेसले केन्द्रीय समिति बैठक आइतबारदेखि पुन सुरू गर्न लागेको हो। बैठकमा मुलुकको समसामायिक राजनैतिक विषयगत एजेन्दामा छलफल हुने बताईएकोछ ।