बिहिबार, बैशाख १३, २०८१

२०२० मा प्रेस स्वतन्त्रताको अवस्था विषयक प्रतिवेदन सार्वजनिक

काठमाडौ पुस १७,
नेपाल पत्रकार महासंघले सन् २०२० मा प्रेस स्वतन्त्रताको अवस्था विषयक प्रतिवेदन सार्वजनिक गर्दै विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण श्रमजीवी नेपाली पत्रकारहरुले ठुलो समस्या भोग्नु परेको जनाएको छ । सन २०२० मा कोभिड महामारीको बाहानामा ठूला भनिएका सञ्चारगृहबाट नै पत्रकारलाई सेवाबाट बञ्चित गर्ने, नियमित सेवा सुविधा उपलब्ध नगराउने, बेतलबी बिदामा राख्ने जस्ता कार्यले श्रमजीवी पत्रकार तथा तिनमा आश्रीत परिवारले आर्थिक समस्या झेल्नुपरेको यर्थाथ प्रतिवेदन मार्फत सार्वजनि गरेको हो ।

त्यस्तै सार्वजनिक प्रतिवेदनमा महासंघले कोभिड संक्रमणबाट ७ जना नेपाली पत्रकारको मृत्यु भएको र ५१३ जना पत्रकार संक्रमित भएकोमा ४७० जना सक्रमण मुक्त भएको जनाएको छ ।

यस्तै वर्ष २०२० मा संघीय सरकार र प्रदेश सरकारले सञ्चार सम्बन्धी कानुन निर्माण गर्दा सरोकारवालासंग कुनै छलफल गरि सरकारले संसद समक्ष पु¥याएका सार्वजनिक सेवा प्रसारण सम्वन्धी विद्येयक, सूचना प्रविधि विद्येयक, मिडिया काउन्सिल विद्येयकमा व्यवस्था गरिएको प्रेस स्वतन्त्रता विरोधी दफागत व्यवस्था सहितको विद्येयकको विरोधमा मा भएको आन्दोलनकलाइ समेत स्मरण गरिएको छ ।

त्यस्तै गरि वर्ष २०१९ ५० वटा प्रेस स्वतन्त्रता हननका घटना झेलेको महासंघले तुलनामा न् २०२० जानवरी १ देखि २०२० डिसेम्वर ३१सम्मको यो वार्षिक अवधिमा ५२ वटा प्रेस स्वतन्त्रता हननका घटनाको सामाना गरेको जनाएको छ । त्यस्तै यसवीचमा ३२ वटा घटना पत्रकारमाथि दुव्र्यवहारका घटना, ९ वटा पत्रकारमाथि आक्रमणका घटना र ५ वटा घटना पत्रकार गिरफ्तारीका घटन रहेको जनाएकोछ । त्यस्तै , ४ वटा घटना कब्जा तथा अवरोधको रहेको छ भने २ वटा घटना पेशागत असुरक्षाका घटना रहेको जनाएको छ ।