शुक्रबार, बैशाख ७, २०८१

महानगरको आधुनिक सडक बत्ती जडान कार्ययोजना अन्तिम चरणमा

पहिलो चरणमा आधुनिक बत्ती जडान कार्ययोजनाको  लागत खर्च ११ करोड

काठमाडौं पुस २४ ,
काठमाडौं महानगरले पूर्व घोषित उज्यालो काठमाडौं कार्यक्रमअन्तर्गत करीब ६० किलोमिटर सडक क्षेत्रमा आधुनिक बत्ती जडान गर्ने तयारी अन्तिम चरणमा पु-याएको छ । काठमाडौं महानगरका ठूला योजनाका विषयमा कार्यपालिका सदस्यहरुलाई जानकारी दिने क्रममा महानगर प्रमुख विद्यासुन्दर शाक्यले यस्तो बताउनुभएको हो ।

आज बसेको महानगरको ५५ औं कार्यपालिका बैठकमा प्रमुख शाक्यले गत मङ्सिर २५ गते प्रस्तुत योजना कार्यान्वयनका लागि काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच सहमति पत्रमा हस्ताक्षर गरेसँगै प्रक्रियागत रुपमा कार्यारम्भ भएको यस कार्यक्रमबाट ‘महानगरलाई रातमा पनि उज्यालो र झिलीमिली बनाएर उज्यालो संघीय राजधानीको चिनारी बन्ने विस्वास व्यक्त गर्नुभयो । साथै उहाँले उज्यालो महानगरसंगै ‘यातायात व्यवस्थापन, शान्ति सुरक्षा कायम गर्न, सामाजिक सुरक्षालगायतका सेवा सुविधाहरुलाई चुस्त दुरुस्त राख्न र सहरी सौन्दर्य अभिवृद्धि गर्न महानगर प्रतिवद्ध रहेको भन्दै प्रमुख शाक्यले उपलब्ध श्रोत साधन तथा प्रविधिको अधिकतम प्रयोग  गरेर बत्ती जडान कार्यलाई छिटो सम्पन्न गरिने बताउनुभयो ।

महानगरको आधुनिक बत्ती जडान कार्ययोजना अनुरुप पहिलो चरणमा विमानस्थलदेखि त्रिपुरेश्वरहुँदै कलंकीसम्म, त्रिपुरेश्वरदेखि महाराजगञ्जसम्म र सिंहदरबार वरिपरि त्यस्तैगरि पुतली सडकदेखि बालुवाटारसम्म र त्रिभुवन विमानस्थलदेखि हायात होटलसम्मको सडक खण्डलाइ  समेटिएको र यसको लागि करीव ११ करोड रुपैयाँ लागत लाग्ने बताईएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2020
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031