बिहिबार, बैशाख १३, २०८१

पत्रकारद्दय अधिकारी र रञ्जितलाइ कोभिड विमाको जनही रू एकलाख रुपैया हस्तान्तरण

काठमाडौ पुस २२,
मिसन मिडिया क्लवले एक सामान्य कार्यक्रमकावीच पत्रकार महासंघ उपत्यका प्रदेशका कोभिड संक्रमित पत्रकारद्दय अमृत अधिकारी र निरज रञ्जितलाइ कोभिड विमाको जनही रू एकलाख रुपैया हस्तान्तरण गरेको छ । कोभिड–१९ को सङ्क्रमणको बढ्दो जोखिमका वीच पनि अविराम आफ्नो कर्म क्षेत्रमा क्रियाशील नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समिति अन्र्तगत काठमाडौँ, भक्तपुर र ललितपुरका ११९ पत्रकारको सुरक्षाको लागि क्लवको तर्फबाट पत्रकार कोभिड बीमा’ गरिएको थियो ।

नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिका महासचिव समेत रहेका कल्वका अध्यक्ष श्रीजन झाका अनुसार पत्रकारद्दयलाइ उपत्यका प्रदेश समितिको कार्यकक्षमा वरिष्ठ पत्रकार तथा नेपाल बहस डटकमका सम्पादक इन्द्र रिजालले विमा  वापतको  चेक हस्तान्तरण गर्नु भएको थियो ।  पत्रकार अधिकारी र रञ्जित दुवै महासंघ काठमाडौं शाखा आवद्ध हुनुहन्छ

यसअघि कोभिड संक्रमित पत्रकार विदुर थापा, संजय केसी, सविन शर्मा रामहरि कार्की,शुशीलबन्ध थापा, गोकुल कार्कीलाइ कोभिड विमाको जनही रू एकलाख रुपैया हस्तान्तरण गरिसकेको छ । अवको चरणमा पत्रकार भक्तपुर शाखा आवद्ध लिला श्रेष्ठ लगायतका पत्रकारलाइ  कोभिड विमाको रकम हस्तान्तरण गरिने प्रदेश समितिका महासचिव झाले जानकारी दिनुभएको छ ।
फोटो: अकिल महर्जन