शुक्रबार, बैशाख १४, २०८१

मुख्यमन्त्री राईको आक्रोस : अविश्वासको प्रस्ताव दर्ता गराउन प्रदेश नम्बर १ का १५ सांसद निलम्बनमा

काठमाडौं पुस १६ ,
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सभामा रहेका नेकपाका १५ जना सांसदलाई निलम्बन गरेका छन् । आफूमाथि अविश्वासको प्रस्ताव दर्ता गराएका सांसदहरुलाई राईले निलम्बन गरेका हुन् ।

राईले आफूविरुद्ध अविश्वासको प्रस्तावको नेतृत्व गर्ने भीम आचार्य, ईन्द्र बहादुर आङ्बो, जीवन घिमिरेलगायतलाई निलम्बन गरेका हुन् । यससँगै केन्द्रमा राजनीतिक रुपमा विभाजित भएको नेकपाको विवादको उत्कर्ष प्रदेश १ मा देखिएको छ ।

यसअघि, आजै बसेको नेकपा प्रचण्डमाधव समूहको संसदीय दलको बैठकले मुख्यमन्त्री राईलाई दलको नेताबाट हटाएर भीम आचार्यलाई दलको नेता प्रस्ताव गरेको थियो ।