मङ्लबार, बैशाख ११, २०८१

सवारीचालक अनुमतिपत्रका लागि अनलाइन फारम भर्ने सेवा शुरु

काठमाडौं पुस १६,
वाग्मती प्रदेशका यातायात सेवा कार्यालयले प्रदेशको १३ वटै जिल्लामा आजबाट सवारीचालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम भर्ने सेवा शुरु गरिएको छ । प्रस्तुत सेवा शुरुभएसंगै अव काठमाडौँ उपत्यकासहित, चितवन, नुवाकोट, रसुवा, धादिङ, सिन्धुली, काभ्रे, मकवानपुर, दोलखा र रामेछापलगायत जिल्लामा स्थायी बसोबास गर्ने नेपाली नागरिकलाई सवारीचालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम भर्न पाइने जनाएको छ ।

उहाँका अनुसार केही महिनाअघि त्यस्तै यसवीचमा कोभिड जोखिमका कारण भएको बन्दाबन्दीका कारण स्थगन गरिएको ट्रायल परीक्षा यही पुस १९ देखि २२ गतेसम्ममा सञ्चालन हुने पनि  वाग्मती प्रदेशका यातायात सेवा कार्यालयले जनाएकोछ । साथै कार्यालयले प्रदेशको केही जिल्लाबाट सवारी साधनको अनुमतिपत्र प्राप्त गर्नका लागि लिखित परीक्षा उत्तीर्ण गरिएको र ट्रायलको परीक्षा दिन बाँकी रहेका साथै ट्रायल परीक्षामा फेल भएका परीक्षार्थीसमेतलाई मौकाको ट्रायल परीक्षामा सहभागी गराइने तयारी भइरहेको कार्यालयले जनाएको छ ।