शनिबार, बैशाख ८, २०८१

आज पौष १६ गते अर्थात ४५ औं राष्ट्रिय मेलमिलाप दिवस मनाइदै

काठमाडौं पस १६ ,
आज पौष १६ गते अर्थात ४५ औं राष्ट्रिय मेलमिलाप दिवस नेपाली काँग्रेसले ७७ वटै जिल्लामा विभिन्न कार्यक्रम गरी मनाइदैछ । ७७ वटै जिल्लामा आमसभा, गोष्ठी, -याली, कोणसभालगायतका कार्यक्रम गरी ४४औँ मेलमिलाप दिवस मनाउन लागेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।

२०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेता एवम् प्रजातान्त्रिक आन्दोलनका आधारस्तम्भ जननेता वीपी कोइरालासहित गणेशमान सिंह, रामबाबु प्रशाई ,शैलजा आचार्य, निलाम्बर पन्थी, खुमबहादुर खड्कालगायतका नेताहरु ८ वर्षे निर्वासन जीवन बिताएर आजकै दिन मुलुक र जनअधिकारको रक्षाका लागि ज्यानको बाजी लगाएर मेलमिलापको नीतिका साथ राष्ट्रिय मेलमिलापको आह्वान गर्दै स्वदेश फर्किएका थिए ।

प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन सङ्घर्ष गर्नुभएका बिपी कोइराला कुनै दल विशेषको मात्र नभई सम्पूर्ण मुलुककै राजनेताका रुपमा चिनिनुहुन्छ । त्यसैकारण आज पनि देशलाई संकटबाट मुक्त गर्न राष्ट्रिय मेलमिलापको सन्देश उत्तिकै सान्दर्भिक रहेको छ । तर तत्कालीन राजनीतिक सङ्क्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई समेत बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्कनुभएका कांग्रेस नेता बिपी कोइरालाले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति  राजनीतिक दल र राजा  मिल्नुपर्ने धारणा राख्न हुने बिपीलगायत नेताहरुलाई राजा महेन्द्रले भने मेलमिलाप त परै जाओस् उल्टै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरी तत्कालीन सुन्दरीजल बन्दीगृहमा ल्याई बन्दी बनाएका थिए ।