बिहिबार, चैत्र १५, २०८०

नासफः सत्तल जीर्णोद्धार :  विवाद रहित सम्पदा संरक्षण महानगरको दायित्व – प्रमुख शाक्य

काठमाडौं पुस १६,
काठमाडौं महानगर वडा २१ को पद्मसुगन्ध मार्ग, मजिपा स्थित नासफः (सत्तल) को आजबाट जीर्णोद्धार सुरु गरिएको छ । करीब १६ लाख रुपैयाँको लागतमा बन्ने उक्त सत्तलको आज एक कार्यक्रमकावीच शिलान्यास गर्नुभएको छ ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले ‘सम्पदा संरक्षण सम्बन्धी काम गर्न महानगरले पैसाको कमी हुन दिँदैन । उपभोक्ता, गुथि र स्थानीय सरोकारवालाको अगुवाइमा सम्पदाको मर्मत, सम्भार र पुननिर्माण गर्ने र त्यसको संरक्षण गर्न उहाँहरुलाई नै जिम्मा दिने नीतिअनुरुप महानगरले काम गरिरहेको बताउदै सम्पदा संरक्षण निशर्त भएपनि महानगरले शर्त राख्ने गरेको तर त्यो शर्त भनेको निर्माणधीन कुनै पनि योजना विवाद रहित हुनुपर्ने बताउनुभयो ।

नासफः नित्यनाथ मन्दिर संरक्षण समितिको संरक्षणमा रहेको उक्त २ तले सत्तल निर्माणको क्रममा काठ, चुना, सुर्की, परम्परागत इटा र झिँगटीको प्रयोग हुने बताईएको छ ।  अहिले महानगरका धेरै ठाउँमा परम्परागत पाटी, फलैँचा, सत्तल, मठमन्दिर, चैत्य, गुम्बा बनाउने क्रमलाइ तिव्रात दिदै आइरहेको छ ।