मङ्लबार, बैशाख ४, २०८१

उपत्यकाका ३१२ सहित देशभर थप ५ सय ११ जनामा कोभिड संक्रमण पुष्टि

काठमाडौ पुस १५,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ५ हजार ११० जनाको पीसीआर परिक्षण्को क्रममा काठमाडौं उपत्यकाका ३१२ सहित देशभर थप ५ सय ११ जनामा कोभिड १९ संक्रमण पुष्टि भएसंगै नेपालमा कुल कोभिड संक्रमितको सख्या २ लाख ६० हजार ५० सय पुगेको छ भने यसवीचमा आज थप ६ सय जना संक्रमणमुक्त भएसंगै उपचार पछि डिस्चार्ज हुने कुल कोभिड संक्रमितको सख्या २ लाख ५१ हजार ९१२ पुगेको छ ।

आज उपत्यकामा पहिचान भएका संक्रमित मध्ये काठमाडौमा २२५ ललितपुरमा ४९ र भक्तपुरका ३८ जना रहेको जनाउदै मन्त्रालयले नेपालमा अहिलेसम्म १९ लाख २६ हजार ४७७ पीसीआर नमुना परीक्षण भएको जानकारी दिएको छ ।

साथै मन्त्रालयले कोभिड संक्रमणबाट थप ७ जनाको मृत्यु भएको र योसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८४७ पुगेको जनाएको छ । त्यसैगरी २१७ जना आइसीयूमा र ३७ जना भेन्टीलेटरमा उपचार भइरहेको समेत जानकारी दिएको छ ।