शुक्रबार, बैशाख १४, २०८१

आज गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउँदै

काठमाडौ पुस १५,
गुरुङ समुदायले आज आफ्नो पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिने भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको सम्वद्ध समुदायले जनाएको छ ।

त्यस्तै पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको सम्वद्ध समुदायका अगुवाहरुले बताएका छन । यद्यपी विगतका वर्षहरुमा तमु ल्होसार’ पर्वको अवसरमा सार्वजनिक स्थानमा अर्थात टुडिखेलमा मनाइने भव्य कार्यक्रम यस वर्ष कोभिड महामारीका कारण घरघरमै सिमित गरिएको अवस्था रहेको छ ।

यसैवीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तमु (गुरुङ) जातिकोे पर्व ‘तमु ल्होसार’, किराँतको उधौली पर्व, ज्यापु समुदायको चाड योमरी पुन्हि (ज्यापु दिवस) र धान्य पूर्णिमाका अवसरमा सबैमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।
सभापति देउवाले जारी गर्नु भएको सन्देशमा सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न हाम्रो सुन्दर मुलुक नेपालमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिको आ–आफ्ना विशिष्ट संस्कृति र परम्परा रहेको उल्लेख गर्नुभएको छ ।