शुक्रबार, चैत्र १६, २०८०

जयबाबा गोरख कन्स्ट्रक्सन प्रालिका सञ्चालक श्रेष्ठ बैंकिङ कसूरको अभियोगमा पक्राउ

काठमाडौं पुस १५,
बैंकिङ कसूर मुद्दाका फरार रहेका मा काठमाडौँ महानगरपालिका–९ स्थित जयबाबा गोरख कन्स्ट्रक्सन प्रालिका सञ्चालक ५२ वर्षीय श्यामकुमार श्रेष्ठलाइ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार श्रेष्ठले नागार्जुन नगरपालिकास्थित सीतापाइला सडक खण्डमा कार्य सम्पन्न गरे बापतको रकम दिनु पर्नेमा ग्लोबल आइएमई बैंकमा रु एक करोड ३६ लाख १० हजार बराबरको पैसा नभएको खाताको चेक दिई बैंकिङ कसूर गरेको जनाइएको छ ।

त्यसपछि फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले काठमाडौँ सीतापाइलाबाट सोमवार पक्राउ गर्दै आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।