शनिबार, बैशाख ८, २०८१

प्रधानमन्त्री केपी ओली सघीयता र गणतन्त्रका विरोधी : प्रचण्ड -नेपाल समूह

काठमाडौं पुस १४,
प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाले सत्ता र शक्तिमको उन्मादमा संविधानको मर्म विपरित संसद विघटन गर्दै मुलुकमा सिर्जना गरेको अस्थिर राजनीतिको विरोधमा आज राजधानीमा प्रचण्ड नेपालसमूहले  गरेको विरोध सभालाइ सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका  नेकपाका नेता प्रचण्डले प्रधानमन्त्री केपी ओली सघीयता र गणतन्त्रका विरोधी भएको तथ्य संसद विघटनको कदमले पुष्टि गरेको बताउँदै बयलगाढाको सिद्धान्त बोकेका प्रधानमन्त्री ओली अझै बयलगाढामै रहेको बताउनुभएको छ ।

साथै उहाँले संविधानमा हुँदै नभएको प्रावधानअनुसार सदन भंगको अक्षम्य गल्ती गरेको समेत उहाँले बताउनुभयो ।

त्यस्तै विरोधसभालाइ सम्बोधन गर्दै अर्को नेता माधव नेपालले प्रधानमन्त्री केपी ओलीले गणतन्त्रको आन्दोलनको समयमा बयलगाढा चढेर अमेरिका नपुगिने भन्दै आन्दोलनको मजाक उडाएको भन्दै ओली र प्रवृत्तिको आयु पुगेको दावी गर्नभएको छ । त्यस्तै उहाँले प्रम ओली यसअघिका राजाको प्रवृति एक भएको खुलासा गर्दै ओलीले यसवीचमा कहिले कमरेड बामदेवलाई बिहान ११ बजे बोलाएर भन्नुहुन्छ, म आजै छोड्न चाहन्छु, तपाई प्रम हुनुपर्‍यो भनने त्यसलगत्तै मलाइ वोलाएर पार्टीमा अरु कोही काबिल भएनन् माधव कमरेड । तपाई नै प्रधानमन्त्री हुनुपर्‍यो, पार्टीको एकल अध्यक्ष हुनुपर्‍यो भन्ने त्यसपछि कमरेड प्रचण्डलाई बोलाएर भन्नुहुन्छ, कोही गतिला मान्छे पाइनँ मैले । तपाईभन्दा गतिलो कोही छैन । तपाई एकल अध्यक्ष हुनुपर्छ, प्रधानमन्त्री पनि बन्नुपर्छ भन्दे एक विरुद्ध अर्को षडयन्त्र गर्ने काम गरेको बताउनुभयो ।साथै उहाँले यसको खुलासा ३ जना भेला भएसंगै भएको बताउनुुभयो ।

यसअघि तत्कालीन राजाले म र गिरिजा वावुवीच यस्तै प्रवृतिको व्यवाहर गर्ने गरेको बताउदै यसवीचमा भएको यावत षडयन्त्रको वावजुद हामीले सडकको बाटो सामात्दै आन्दोलनको आँधीबेहरी सृष्टि गरेको स्मरण गर्नुभयो ।

त्यस्तै सभालाइ सम्बोधन गर्दे पूर्व प्रम समेत रहेका नेकपा नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओली तानाशाह भएको बताउदै तानाशाहीले लोकतन्त्रको रक्षा गर्नु भन्दा पनि लोकतन्त्रको नामेटमानै सदैव रमाउने भएका कारण यस्ता चरित्रलाइ सदाका लागि समाप्त गर्न पर्ने बताउनभयो ।

विरोध सभा अघि राजधानीका मैतिदेवीबाट हरिबोल गजुरेल,नक्साल चोकबाट देवेन्द्र पौडेल,लैनचौरबाट जनार्दन शर्मा,एनससी न्यूरोड गेटबाट अष्टलक्ष्मी शाक्य, टेकुबाट युवराज ज्ञवाली, कुपण्डोलबाट पम्फा भुसाल, नयाँबानेश्वरबाट गिरिराजमणी पोखरेल र लिलामणी पोखरेल,त्रिचन्द्र क्याम्पसबाट योगेश भट्टराई लगायतको नेतृत्वमा जुलुस निस्केको जुलुसले नगर परिक्रमा गरेको थियो ।