शनिबार, बैशाख ८, २०८१

नेपालमा कुल कोभिड संक्रमित मध्ये २ लाख ५१ हजार ३१२ संक्रमण मुक्त

काठमाडौं पुस १४,
पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ६ हजार १३५ जनाको पीसीआर परीक्षणका क्रममा थप ७ सय ८ जनामा कोभिड संक्रमण पुष्टिभएसंगै नेपालमा कोभिड संक्रमितको कुल सख्या २ लाख ५९ हजार ५४८ पुगेको छ ।

यसमध्ये सक्रिय संक्रमितको संख्या ६ हजार ३९६ रहेको जानकारी दिदै स्वास्थ्य मन्त्रालयले यसवीचमा देशभरबाट थप ७ सय ३१ जना संक्रमणमुक्त भएसंगै संक्रमण मुक्त हुनेको संख्या २ लाख ५१ हजार ३१२ पुगेको जानकारी दिएको छ ।

त्यस्तै काठमाडौंमा ३२४, भक्तपुरमा २२ र ललितपुरका ५२ जना संक्रमित गरि  आज काठमाडौं उपत्यकामा थप ३९८ जनामा कोभिड संक्रमण पुष्टिभएको छ ।  त्यस्तै   संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८४० पुगेको छ भने २२८ जनाको आइसीयूमा र ४० जनाको भेन्टीलेटरमा उपचार  भइरहेको मन्त्रालयले जनाएको छ ।