शुक्रबार, चैत्र १६, २०८०

पठाओ कम्पनीको कार्यालय तोडफोड

काठमाडौं पुस १३ ,
राइड सेयरिङ एप पठाओका असन्तुष्ट चालकहरूले कम्पनीको कार्यालयमा तोडफोड गरेका छन् । आफूले अघि सारेकf मागहरु पुरा नभएको भन्दै चालकहरुले कार्यालय तोडफोड गरेका हुन् ।

उनीहरुले कमिसन घटाउन माग गर्दै अघिल्लो सोमबार कम्पनीलाई ज्ञापनपत्र दिएका थिए । अधिकतम् ८ प्रतिशत मात्रै कमिसन लिन उनीहरुले कम्पनीलाई दबाव दिँदै आएका छन् । अहिले कम्पनीले यात्रुले तिर्ने भाडाबाट २० प्रतिशत कमिसन राख्ने गरेको छ ।

पठाओले विभिन्न ११ बुँदाको मागमध्ये कतिपय माग पुरा गर्न नसक्ने बताएपछि कम्पनीमा केही राइडर वार्ताका लागि पुगेका थिए । त्यही समयमा बाहिरबाट केही व्यक्तिले कम्पनी रहेको भवनको झ्यालको सिसा फुटाएको बानेश्वर प्रहरीका प्रहरी नायब उपरीक्षक दक्षबहादुर बस्नेतले बताएका छन । त्यहाँ रहेका २६ जनालाई नियन्त्रणमा लिएर संलग्नहरुको स्क्रिनिङ भइरहेको उनले बताएका छन ।