बिहिबार, बैशाख १३, २०८१

सर्वोच्चमा विचाराधीन मुद्धालाइ प्रभावित बनाउने कांग्रेसको लक्ष्य होइन : सभापति देउवा

काठमाडौं पुस १३ ,
नेपाली कांग्रेसले सोमबार देशका १ सय ६५ वटै निर्वाचन क्षेत्रबाट प्रधानमन्त्री केपी ओली नेतृत्व सरकारको अधिनायक एवम स्वच्छेचारी कदमको विरोधमाआयोजित जन प्रदर्शन सहितको विरोध सभालाइ सम्बोधन गर्दै काँग्रेस सभापति शेरबहादुर देउवाले आजको विरोध सभा किमार्थ सर्वोच्च अदालतमा विचाराधीन मुद्धालाइ प्रभावित तुल्याउनको लागि नभएको बताउनुभएको छ ।

सभापति देउवाले नेपाली काँग्रेस नेतत्वको सरकारले जारी गरेको लोकतान्त्रिक संविधानले परिकल्पना समेत नगरेको संसद विघटन जस्तो गैर संवैधानिक कदम नेकपा नेतृत्वको केपी सरकारले गरेको विरोधमा भक्तपुर क्षेत्र नम्बर २ मध्यपुरथिमि शङ्खधर चोकमा आयोजित विरोध सभालाइ सम्बोधन गर्दै काँग्रेस सदैव विधिको शासन र न्याय पद्धती प्रति विस्वस्त रहेका कारण अदालतले जे निर्णय गर्छ त्यो निर्णय मान्ने बताउदै तर्साएर यो वा त्यो निर्णय गर भन्ने पक्षमा नभएको बताउनुभएको छ ।

यद्यपी नेकपा सरकारको दवाव र प्रभावका कारण पछिल्लो समय अदालतको कामकारवाही सरकार परस्त भएको भान भएकै कारण अदालत सदैव निष्पक्ष रहोस भन्ने मात्र काँग्रेसको कामना भएको समेत बताउनुभयो । साथै उहााले सरकारका स्वच्छेचारी कदम विरुद्ध अव काँग्रेस चुप लागिेर नबस्ने बताउदै भविष्यमा सरकार विरुद्ध हुने जुनसुकै प्रदर्शनका लागि समेत सदैव आन्दोलनको मानसिकतामा रहन समेत त्यस अवसरमा कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।