शुक्रबार, चैत्र १६, २०८०

सत्ता र शक्तिको आडमा प्रम ओलीले धुव्रे हात्तीको चरित्र प्रदर्शन गर्यो : नेता जोशी

काठमाडौ पुस १३,
नेपाली कांग्रेसले सोमबार देशका १ सय ६५ वटै निर्वाचन क्षेत्रबाट प्रधानमन्त्री केपी ओली नेतृत्व सरकारको अधिनायक एवम स्वच्छेचारी कदमको विरोधमा जन प्रदर्शन गरेको छ ।  प्रधानमन्त्री ओलीले मुलुकमा सर्वसत्तावाद लाड्ने अभिप्राय अनुरुप प्रतिनिधिसभा विघटन गर्दै देखाएको अलोकतान्त्रिक चरित्र विरुद्ध काँग्रेसले आज देशब्यापी प्रदर्शन गरेको हो ।

ओली सरकारको सर्वसत्तावाद कदम विरुद्ध आफ्नो निर्वाचन क्षेत्र केन्द्रीत प्रदर्शनको क्रममा काठमाडौं काँग्रेस क्षेत्र न. ८ क्षेत्रीय समितिको आयोजना बसन्तपुर स्थित महादेव पार्वती मन्दिर परिसरमा भएको विरोध सभालाइ सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका काँग्रेस केन्द्रीय सदस्य नविन्द्रराज जोशीले समृद्ध नेपाल र सुखी नेपालीको खोक्रो नारा दिदै जन मतको अवमुल्यन गर्ने नेकपा नेतृत्वको सरकारले सत्तालाइ कोभिड महामारीको समयमा समेत भ्रष्टाचारको लाइसेन्स बनाउदै देशको अर्थव्यवस्थालाइ  जरजर बनाउने काम गरेको बताउनुभएको छ ।
त्यस्तै उहाले पार्टीगत टकरावको कारण सत्ता र व्यक्तिगत स्वार्थका लागि संस्थागत हुँदै गरेको संविधानको मर्ममा प्रहार गर्दै संविधानले परिकल्पना समेत नगरेको संसद विघटन जस्तो गैर सवैधानिक काम गर्दै अधिनायक चरित्रको प्रदर्शन संगै सत्ता र शक्तिको आडमा चितवनको धुव्रे  हात्तीले जस्तै प्रम ओलीले मुलुकमा फेरि पनि अस्थिर राजनितीको विष घोल्ने दुष्प्रयास गरेको बताउनुभएको छ ।

व्यक्तिगत स्वार्थका लागि मुलुकलाइ अर्णिनयको बन्धक बनाउने कम्युनिष्ट चरित्रले राजनितीलाइ व्यवसाय बनाएको भन्दै नेता जोशीले धुव्रे हात्तीलाइ तह लगाउने मात्र होइन, कांग्रेसको नेतृत्वमा जारी भएको संविधानको रक्षाको लागि काँग्रेस जस्तोसुकै अवस्थाको सामना गर्न समेत पछि नपर्ने  हेक्का राख्न चेतावनी समेत दिनुभयो ।

त्यस्तै विरोध सभालाइ सम्बोधन गर्दै नागार्जुन नगरपालिका का प्रमुख मोहन बहादुर बस्नेतले खोक्रा आश्वासन र भ्रमको धरातलमा उभिदै मुलुकको कार्यकारी बनेका प्रधानमन्त्री केपी ओलीले मुलुकको हरेक तह र तप्कामा सर्वाधिकार कायम गर्दै सर्वसताबादी चरित्रको प्रर्दशन गर्दै आएको बताउनुभयो ।  विरोध सभा अघि विरोध र्यालीले क्षेत्र न .८को विभिन्न  भागको परिक्रमा समेत गरेको थियो ।