बिहिबार, बैशाख ६, २०८१

उपत्यकाका २७८ सहित देशभर थप ६ सय ५९ जनामा कोभिड संक्रमण

काठमाडौ पुस १३,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोग शालामा गरिएको ५ हजार ५६८ जनाको पीसीआर परिक्षणको क्रममा काठमाडौं उपत्यकाका २७८ सहित देशभर थप ६ सय ५९ जनामा कोभिड संक्रमण देखिएसंगै कुल संक्रमितको सख्या २ लाख ५८ हजार ८४० सय पुगेको जनाएकोछ । त्यस्तै यसमध्ये सक्रिय संक्रमितको संख्या ६ हजार ४२७ रहेको छ । क्वारेनटिनमा ३६९ जना रहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार काठमाडौँमा आज २०७, ललितपुरमा ४९ र भक्तपुरका २२ जना गरी थप २७८ जनामा कोभिड संक्रमण पाइएको जनाएको छ ।

त्यस्तै यसै अवधीमा देशभरबाट थप ७ सय १८ जना संक्रमित  संक्रमणमुक्त हुँदै डिस्चार्जभएसंगै संक्रमण मुक्त हुनेको संख्या २ लाख ५० हजार ५८१ पुगेको छ भने संक्रमणबाट थप ७ जनाको मृत्यु भएसंगै नेपालमा संक्रमणबाट मेत्यु हुनेको संख्या १ हजार ८३२ पुगेको जानकारी दिएको छ । साथै पछिल्ले डेटा अनुसार २५४ जना आइसीयूमा र ४० जना भेन्टीलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।