बिहिबार, चैत्र १५, २०८०

श्रोत नखुलेको १२ लाख नेपाली रुपैयाँ सहित ललन कुमार र जैसवाल पक्राउ

काठमाडौ पुस १२ ,

गौर नगरपालिका वडा नं ४ बाट श्रोत नखुलेको १२ लाख नेपाली रुपैयाँ सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत बिहार मोतिहारी थाना बरगैनिया गाउँ फुलबरिया बस्ने ४० वर्षीय ललन कुमार र सोही ठाउँ बस्ने २३ वर्षीय रोहित जैसवाल रहेको जनाउदै प्रहरीले पक्राउ परेका अभियुक्तद्दय भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा चेक जाँच गर्दा निजहरुको साथबाट ६/६ लाख गरी १२ लाख रुपैयाँ बरामद भएको जाएको छ ।

त्यस्तै यसरी बरामद रुपैया र पक्राउ परेको अभियुक्त उपर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।