शुक्रबार, बैशाख १४, २०८१

पार्टी विभाजनको असर : प्रदेश न १ का मुख्यमन्त्री शेरधन विरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौ पुस १२,
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । ९३ सदस्य रहेको प्रदेशसभामा पार्टी विभाजन संगै प्रचण्ड –नेपाल समूहका ४८ जना सदस्य छन् भने ओली समुहका १९ जना सदस्य रहेका छन ।

 नेपाली काँग्रेसको २१, जसपाको ३, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको १ र राप्रपाको १ सदस्य रहेको प्रदेशसभामामा प्रचण्ड –नेपाल समूहका ‍‍‍‍३७ जना प्रदेशसांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् । ‍‍‍ प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोको प्रस्ताव र लछुमन तिवारीको समर्थमा आइतबार बिहान १० बजेर ४० मिनेटमा प्रदेशसभा सचिवालयमा उक्त प्रस्ताव दर्ता गरिएको हो ।

यसअघि नेकपाको प्रचण्ड -नेपाल पक्षका सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएको थियो