शुक्रबार, बैशाख ७, २०८१

उपत्यकाका २०८ सहित देशभर थप ४ सय ८१ जनामा कोभिड संक्रमण , ६ को मृत्यु

काठमाडौ पुस १२,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ३ हजार ८२८ जनाको पीसीआर परिक्षणको क्रममा काठमाडौ उपत्यकाका २०८सहित देशभर थप ४ सय ८१ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।

त्यस्तै काठमाडौं उपत्यकामा पुष्टि भएका कोभिड संक्रमित मध्ये काठमाडौमा १७५ ललितपुरमा २७ र भक्तपुरमा ६ जना गरी थप २०८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  त्यस्तै मन्त्रालयले यसअवधीमा थप ७ सय ३१ जना कोभिड  संक्रमित उपचारपछि डिस्चार्जभएसंगै उपचारपछि निको हुनेको संख्या २ लाख ४९ हजार ८६३ पुगेको जानकारी दिएको छ ।

साथै कोभिड संक्रमणका कारण थप ६ जनाको मृत्यभएसंगै  नेपालमा कोभिड संक्रमणबाट मृत्यु हनेको संख्या १ हजार ८२५ पुगेको समेत मन्त्रालयले जनाएकोछ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930