शुक्रबार, बैशाख ७, २०८१

नेता गौतम खुमलटार पुगेसंगै नेकपा राजनैतिक वृतमा तरंग

काठमाडौं पुस ११,

नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम शनिबार प्रचण्ड–नेपाल समूहका नेताहरुसँग छलफलका लागि आज बिहान प्रचण्ड निवास खुमलटारमा पुग्नुभएको छ ।  समाचार स्रोतका अनुसार यसअघि तटस्थ भनिएका नेता गौतम खुमलटार पुगेसंगै राजनैतिक वृतमा अनेकन चर्चा परिचर्चा शुरु भएको थियो ।

तर नेता गौतमले माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठ समेतको उपस्थितीमा नेता प्रचण्ड संग करिव करिब १ घण्टा समसामयिक राजनीतिक विषय केन्द्रीत हुँदै विशेष छलफल गर्ने क्रममा आफु यो गुट वा त्यो गुटमा भन्दा पनि पार्टीलाइ एकीकृत गर्ने अभियानमा अन्तिम समयसम्म लागिरहने बताउनुभएको बुझिएको छ ।

स्मरण रहोस यसअघि ओली सरकारका गेहमन्त्री समेत रहेका नेता रामबहादुर थापा बादल पनि तटस्थ रहेको बताईउपनि पछिल्लो समय उहाँ नेकपा ओली समूहमा प्रवेश गर्नुभएपछि नेकपा राजनितीवृतमा तरंग सिर्जना भएको थियो ,। त्यस्तै नेता गौतम पनि पार्टी एकताको अभियान चलाउँदै अन्तिम समयमा कुनै समुहमा प्रवेश गर्यो भने त्यो विषय अवका दिनमा आश्चर्यको विषय भने नवन्ने प्रष्ट भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930