शुक्रबार, चैत्र १६, २०८०

उपत्यकाको न्यूनतम तापक्रम १ दशमलव ३ डिग्री मापन गरिएसंगै अत्याधिक चिसो महसुुस

काठमाडौं पुस ११,
मौसम पूर्वानुमान महाशाखाले शनिवार काठमाडौं उपत्यकामा यो वर्षकै बढी चिसो महसुुस गरिएको जनाएकोछ । महाशाखाले काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ दशमलव ३ डिग्री मापन गरिएसंगै शनिवारनिकै चिसो महसुस भएको जनाएको हो ।

यसअघि गत पुस ३ गते काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ दशमलव ६ डिग्री मापन गरिए पनि त्यसको तुलनामा आज निकै कम न्यूनतम तापक्रम मापन भएको र यो क्रम अझै घट्न सक्ने अनुमानसमेत महाशाखाले गरेको छ ।

त्यस्तै पश्चिमी वायुको प्रभाव सामान्य प्रभाव रहेकाले प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशबाहेकका ठाउँहरुमा मौसम भने सामान्यतया सफा रहनुको अलावा काठमाडौं उपत्यकासहित प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशमा दिउँसोको समयमा बादल लाग्ने संभावना समेत औल्याएको   छ ।