बिहिबार, चैत्र १५, २०८०

सदस्यहरुको सहयोग र सद्भावको प्रतिफल नै सहकारी क्रियाशीलताको सूचक: अध्यक्ष मुल्मी

काठमाडौं पुस ११,
सुरक्षित लगानी हाम्रो चाहना तपाइको सफलता हाम्रो कामना भन्ने मुल मन्त्रलाइ आत्मासात गर्दै कोभिड कहरकावीच पनि निरन्तर क्रियाशील विजेश्वरी माता बचत तथा ऋण सहकारी सस्था लिमिटेडले आज आफ्नो स्थापनाकालको १३ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

बढ्दो कोभिड जोखिमलाइ दृष्टिगत गर्दै भर्चुल माध्यमबाट आयोजित साधारण सभामा संस्थागत विद्यमान अवस्था भावी कार्य योजना प्रस्तुत गर्दै   सहकारी संस्थाका अध्यक्ष वाल मुकन्द मुल्मीले जस्तो सुकै विषम अवस्थामा पनि आफ्नो सदस्यहरुको लगानाीको सुरक्षा  संस्थाको दायित्व भएको बताउदै यसको लागि सहकारीको मुल्य र मान्यतालाइ अवलम्न गर्दै हरसंभव प्रयास जारी राख्ने बताउनुभएको छ ।

त्यस्तै उहाँले धेरै सहकारीे विविध कारणले आफ्नो अस्तित्व बचाउँन नसकिरहेको अवस्थामा १३ वर्षसम्म् निरन्तर आफ्नो सहकारी सदस्यको विस्वास जित्दै क्रियाशील हुन सक्नु नै सहकारीका सदस्यहरुको सहयोग र सद्भावका प्रतिफल भएको समेत बताउनुयो ।

साधारण सभामा कोषाध्यक्षको प्रतिवेदन संस्थाका सचिव माणिकरत्न शाक्यले प्रस्तुत गर्दै सस्थाको लक्षित उदेश्य प्राप्तिका लागि मौजुदा कार्यशैलीलाइ थप परिष्कृत बनाउँदै अगाडि बढ्ने जनाउ सहित यसको लागि आवश्यक सुझाव सहितको मार्ग दर्शन र गर्न सहकारी सदस्यहरुलाइ आग्रह गर्नुभएको थियो ।