बुधबार, बैशाख ५, २०८१

काठमाडौ उपत्यकामा २७९ सहित देशभर थप ६ सय ८ जनामा कोभिड संक्रमण

काठमाडौ पुस १०,
पछिल्लो २४ घण्टमा देशभरका विभिन्न प्रयोगशालामा ४ हजार १४२ जनाको पीसीआर परिक्षणको क्रममा काठमाडौ उपत्यकामा २७९ सहित देशभर थप ६ सय ८ जनामा कोभिड संक्रमण पुष्टिभएसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५७ हजार २ सय पुगेको छ । त्यस्तै कुल संक्रमित मध्ये देशभर सक्रिय संक्रमितको सख्या ७ हजार ९२ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज काठमाडौ उपत्यका अन्र्तगत काठमाडौमा २१२ ललितपुरमा ४७ र भक्तपुरका २० जनामा संक्रमण देखिएको जानकारी दिएकोछ ।

त्यस्तै यसवीचमा देशभरबाट थप ८ सय ९२ जना संक्रमणमुक्त भएसंगै संक्रमण मुक्त हुनेको सख्या २ लाख ४८ हजार २ सय ९२ पुगेको  जानकारी दिदै मन्त्रालयले संक्रमणबाट थप ८ जनाको मृत्युभएको र योसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८१६ पुगेको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930