शुक्रबार, चैत्र १६, २०८०

प्रचण्ड–माधव समूह नेतृत्वको नेकपाद्दारा आन्दोलनको घोषणा , पुस १४ मा ओलीको प्रतिगमन विरुद्ध देशैभर सडक आन्दोलन  

काठमाडौं पुस ९,
प्रचण्ड–माधव समूह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकाको आज बसेको बैठकले प्रधानमन्त्री केपी ओलीको प्रस्ताव मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत आइतबार प्रतिनिधि सभा विघटन गर्ने जस्तो गरेको गैर संवैधानिक कदम विरुद्ध आन्दोलनको घोषणा गरेको छ ।

बैठक पार्टी प्रवक्ता समेत रहेका नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा २५०१ पम ओली प्रतिगमन विरूद्द सघर्ष समिति गठन गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

त्यस्तै बैठकले पार्टीे र चुनाव चिन्हको आधिकारिकताका लागि दुुबै शुक्रवार विहान पार्टी नेता केन्द्रीय सदस्य र सांसदहरु समेत बिहान १० बजे सर्वोच्च र केन्द्रीय सदस्यहरु दिउँसो १ बजे निर्वाचन आयोग जाने निर्णय सेत गरेको छ ।

साथै प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनको निर्णय गर्ने क्रममा तय गरिएका कार्यक्रम अन्र्तगत जनसंगठनका भेला बैठक संगै पुस १४ गते ७७ वटै जिल्लामा प्रतिगमनका विरूद्द सडक आन्दोलन , २० गतेभित्र नगररगाउॅपालिकासम्म बैठक र २५ गतेभित्र वडाहरूमा बैठक सम्पन्न गर्दै काठमाडौ लगायतका शहरहरूमा प्रतिगमनकाविरूद्द दैनिक आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छ