शुक्रबार, चैत्र १६, २०८०

दाहाल संसदीय दलको नेता चयन, सूर्य चिन्हको दावी सहित प्रचण्ड-नेपाल समूह निर्वाचन आयोगमा

काठमाडौं पुस ८ ,
नेपाल कम्युनिष्ट पार्टीको बसेको प्रचण्ड-नेपाल समूहको केन्द्रीय समितिको बैठकले यसअघि संसदीय दलका नेता रहेका केपी ओलीलाइ वर्खास्त गर्दै संसदीय दलको नेतामा प्रचण्डलाइ चुनिएसंगै बैठकलाइ सम्बोधन गर्दै प्रचण्डले विघटित प्रतिनिधि सभा पुनर्स्थापित गरेर सरकार बनाउने बताउनुभएको छ ।
त्यस्तै उहााले संसदीय दलमा तत्काल सहभागी सख्याको आधारमा आफहरु बैधानिक भएको स्वत पुष्टि भएको बताउदै यस्तो अभिव्यक्ति दिनुभएको हो ।  यसअघि मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले माधव नेपाललाई अध्यक्षमा चयन गरेको थियो ।

यसैवीच प्रचण्ड- माधवकुमार नेपाल समूहले निर्वाचन आयोगमा २९० जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित पार्टीको यसवीचमा भएको निर्णयको फेहरिस्त बुझाएका छन  । नेकपा नेता सुरेन्द्र पाण्डे, लीलामणि पोखरेल, मुक्ति प्रधानलगायतका टोलीले यसअघि अध्यक्ष रहेको केपी ओलीलाइ कारवाही भएसंगै उहाँलाइ अध्यक्षबाट बर्खास्त नयाँ अध्यक्ष् चयन भएको लगायतका थप निर्णय बझाएको हो ।  त्यस्तै आयोगबाट वाहिरिदै नेताहरुले सञ्चारकर्मीमाझ आफुहरु आधिकारी नेकपा भएका कारण नेकपा र सूर्य चिन्ह आफूहरूको हुने दाबी सोत गरेका छन्।

स्मरण रहोस ओली समूहले मंगलबार नै पार्टी केन्द्रीय समिति बिस्तारसम्बन्धी पत्र निर्वाचन आयोगमा दर्ता गराइसकेका कारण निर्वाचन आयोगले दुबै पक्षको निवेदनको जाँचबुझ गर्ने, छानबिन गरेर निर्णय दिने जनाउ दिएको थाहा भएको छ ।