शुक्रबार, चैत्र १६, २०८०

प्रम ओली नेतृत्वको नेकपाले दुइ दिने प्रशिक्षण सहितको प्रदेश भेलाको आयोजन गर्दै

काठमाडौं पुस ८,
केपी ओली नेतृत्वको नेकपाले आज सातै प्रदेशमा कार्यकर्ता भेला गर्ने भएको छ । दुईदिन भित्र सम्पन्न गरिने भेलामा मुलत मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम केन्द्रीत हुँदै प्रदेशस्तरिय प्रशिक्षण समेत सञ्चालन गरिने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकको निर्णय अनुरुप सञ्चालन हुने प्रशिक्षण सहितको प्रदेश भेलाका लागि प्राप्त जानकारी अनुसार बागमती प्रदेशमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र कर्णाली प्रदेशमा शंकर पोखरेल ,सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, लुम्बिनी प्रदेशमा खिमलाल भट्टराई, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र २ न प्रदेशमा सत्यनारायण मण्डल लगायतका नेतालाइ जिम्मेवारी दिएको थाहा भएकोछ ।