बिहिबार, बैशाख ६, २०८१

उपत्यकाका ३६५ सहित देशभर थप ७ सय २२ जनामा कोभिड संक्रमण

काठमाडौं पुस ७ ,
पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ७ हजार जनाको पीसीआर परिक्षणको क्रममा काठमाडौ उपत्यकाका ३६५ सहित देशभर थप ७ सय २२ जनामा कोभिड संक्रमण पुष्टिभएसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५५ हजार २३६ पुगेको छ ।

त्यस्तै यसमध्ये सक्रिय संक्रमितको संख्या ७ हजार ७२९रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै यसवीचमा  ९ सय ६६ जना कोभिड मुक्त हुँदै डिस्चार्ज भएसंगै  डिस्चार्ज  हुनेको संख्या २ लाख ४५ हजार ७०९ पुगेको छ । मन्त्रालयका अनुसार उपत्यकाका पहिचान भएका संक्रमित मध्ये काठमाडौमा ३सय ललितपुरमा ४२ र भक्तपुरका २३ जना रहेको जनाएको छ ।

साथै संक्रमणबाट थप ३ जनाको निधन भएको जनाउदै मन्त्रालयले पछिल्लो डेटा अनुसार संक्रमणबाट निधन हुनेको संख्या १ हजार ७ सय ९८ पुगेको जनाएको छ ।