शनिबार, बैशाख ८, २०८१

उपत्यकाका ३११ सहित देशभर थप ७ सय ४२ जनामा कोभिड संक्रमण, ७ जनाको मृत्यु

 काठमाडौं पुस ६,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ६ हजार ३५१ पीसीआर परीक्षण गर्दा काठमाडौ उपत्यकाका ३११ सहित देशभर थप ७ सय ४२ जनामा कोभिड संक्रमण पुष्टिभएसंगै कुल सङ्क्रमितको संख्या दुई लाख ५४ हजार ५१४ पुगेको छ ।

यही अवधीमा देशभरबाट थप १ हजार ७९ जना संक्रमित संक्रमणमुक्त भएसंगै नेपालमा सङ्क्रमण मुक्त हनेको संख्या २ लाख ४४ हजार ७४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै मन्त्रालयले आज काठमाडौमा २३५ ललितपुरमा ५५ र भक्तपुरमा २१ जना गरी थप ३११ जना कोभिड संक्रमित थपिएको जनाएको छ।

साथै मन्त्रालयले पछिल्लो २४ घण्टामा ७ जना सङ्क्रमितको मृत्यु भएको र योसंगै नेपालमा ज संक्रमणकाकारण मउत्यु हुनेको सख्या
१ हजार ७९५ पुगेको जनाएको छ ।