बिहिबार, बैशाख १३, २०८१

जनअपेक्षानुरुप सरकारलाइ काम गर्न रोक लगाउदै घेराबन्दी हुन थालेपछि ताजा जनादेशका लागि संसद विघटन : प्रम ओली

काठमाडौं पुस ६,
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीले देशबासीको नाममा सोमबार सम्बोधन गर्नुहुँदै प्रतिनिधिसभाको विघटन अप्रत्याशित र आकस्मिक जस्तो देखिए पनि यो लामो समयदेखि सत्तारुढदल भित्र मौलाएको अविस्वास संगै केही नेताहरुको सत्तास्वार्थको उपज भएको बताउनुभएको छ ।

त्यस्तै उहााले सम्बोधनको क्रममा जनअपेक्षानुरुप सरकारले काम गर्न थाले पनि पार्टी भित्रैकै केही नेताहरुले सिर्जना गरेको अस्थिरताका कारण आफुसंगै यसको विकल्प नभएसंगै ताजा जनादेशका लागि  संसद विघटनको निर्णय गर्नुपरेको जनाउ दिदै प्रतिपक्षीदल भन्दा पनि पार्टी भित्रकै नेताहरुले खेलेको प्रतिपक्षिको भूमिकाका कारण एकातर्फ बहुमतको सरकार भएर पनि सोचअनुरुप सरकारले काम गर्न नसकेको र अर्को तर्फ समयसिमा बाँकी रहदै संसदद विघटन गर्न बाध्य भएको प्रष्टोक्ति दिनभयो ।

साथै प्रधानमन्त्री ओलीले भन्नुभयो, “प्रधानमन्त्रीको चयन ताजा जनादेशले गरोस्, पार्टी नेतृत्व महाधिवेशनले गरोस् भन्ने आफ्नो चाहना संगै मुलुकको नेतृत्व आर्थिक, सामाजिक समृद्धि कायम गर्नसक्ने नयाँ पुस्ताको काँधमा जिम्मेवारी दिनका लागि आफुले पहलकदमी लिदै गर्दा आफ्नो राजनीतिक चरित्रहत्या गर्ने  केही नेताहरुको प्रयास सहित  पार्टी अध्यक्ष, संसदीय दलका नेतालाई थाहै नदिई हस्ताक्षर संकलन अविस्वासको प्रस्ताव जस्ता अनेकन तिकडमका कारण आजको  परिस्थिती सिर्जना भएको बताउनुभयो । यद्यपी यसवीचमा सरकारले नेपालको भूभाग समेटेर नयाँ नक्सा प्रकाशनसंगै संविधान संशोधन मित्रराष्ट्र भारतसँगको सम्बन्धमा नयाँ आयाम चीनसँग प्रोटोकलमा हस्ताक्षर जस्ता महत्वपूर्ण काम भएको जिकिर गर्दै थुप्रै प्रतिकुलताका बाबजुद नेपालले तीन वर्षमा उल्लेख्य उपलब्धी हासिल गरेको बताउनुभयो ।

सम्बोधनको क्रममा आफ्नै पार्टीका नेताहरु लक्षित हुँदै  प्रम ओलीले सत्तापक्षकै केही साथीहरु प्रतिपक्षभन्दा आक्रमक बन्दै विदम्बनापूर्ण अवस्था सिर्जना गर्दै प्रस्तुत भएका कारण सरकार अफ्नै पार्टीको घेराबन्दीमा परेकै कारण आफुले प्रस्तुत कदम चाल्न बाध्य भएको मात्र नभइ संसदलाई केही नेताहरुको बन्धक बनाउनु आफैमा जनादेश विपरितका काम भएको ठहर गर्दै मुलुकलाई निकास दिन ससंद विघटनको कदम चालेको बताउनुभयो ।

साथै ताजा जनादेशका लागि   निर्वाचन    सबैभन्दा उन्नत विधि हो” , बन्द कोठामा औचित्यहिन सम्झौतामा अल्झन मैले उपयुक्त ठानिनँ । जनतालाई फैसला गर्न दिनु नै सबैभन्दा लोकतान्त्रिक प्रक्रिया हो भन्ने ठहर सहित   संविधानले सार्वभौमसत्ता जनतामा नीहित गरेको  जुन जनताले  राजकीयसत्ता निर्वाचन मार्फत व्यक्त हुन्छ, त्यसले लोकतन्त्रलाई सुदृढ र परिपक्व बनाउँने  विस्वास समेत व्यक्त गर्नुभयो ।

मुलुक जनप्रतिनिधिविहिन छैन, राष्ट्रियसभा, प्रदेश सभा र स्थानीय तह क्रियाशील छन्, राजनीतिक नेतृत्व गरिरहेका छन्, राज्यका सुरक्षाअङ्गहरु आफ्नो कर्तव्य पालना गरिरहनुभएको छ । चार महिनापछि नयाँ प्रतिनिधिसभा गठन भइनै हाल्छ उहाँले भन्नुभयो । लोकतन्त्रको रक्षाका लागि सबै युवालाई एकतावद्ध भएर अगाडि बढ्न प्रधानमन्त्री ओलीले आव्हान गर्दै सबैलाइ आम निर्वाचनको तयारीमा केन्द्रित हुन हार्दिक अनुरोध समेत गर्नुभयो ।