शनिबार, बैशाख ८, २०८१

सरकारको असंवैधानिक कदम खारेजीको माग गर्दै सर्वोच्चमा १ दर्जन भन्दा बढि रिट दर्ता

काठमाडौं पुस ६,
प्रधानमनत्री केपी ओलीको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको प्रतिनिधि सभा विघटन गरी वैशाख १६ र २७ गतेका लागि निर्वाचनको मिति तोकेसंगै संसद विघटनको निर्णय असंवैधानिक भएको भन्दै सरकारको प्रस्तुत निर्णय खारेजीको माग सहित सर्वोच्च अदालतमा १३ वटा रिट दर्ता भएको छ ।

आइतबार संसद विघटनको निर्णय भएसंगै अधिवक्ताहरू लोकेन्द्र वली, कञ्चनकृष्ण न्यौपाने र सुलभ पोखरेल लगायतले त्यस्तै आज पनि विभिन्न अधिवक्ताहरुले दर्ता गराएको रिट निवेदन समेत अदालतमा १३ वटा रिट निवेदन दर्ता भएको हो ।

दर्ता भएका सवै रिटमाथिको पेशी बुधबारका लागि तोकिएको सर्वोच्च प्रशासनले जानाएको छ ।त्यस्तै दर्ता भएका सवै निवेदनमा संसद विघटन सरकारको  असंवैधानिक निर्णय भएको जिकिर गरिएको छ ।