शुक्रबार, चैत्र १६, २०८०

प्रम ओलीको कदम अधिनायकवादी र स्वेच्छाचारी भएको काँग्रेसको निष्कर्ष

पुस ७ गते केन्द्रीय समितिको बैठक आव्हान

काठमाडौं पुस ५,
प्रधानमन्त्री केपी ओलीको संसद विघटन गर्ने निर्णय सहितको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीबाट सदरभएसंगै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको उपत्यका उपलब्ध पदाधिकारी र पूर्व पदाधिकारीको सयुक्त बैठकले ४ बुँदे निर्णय गर्दै संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णय लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकुल बदनियतपूर्ण भएको ठहर गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले प्रम ओलीको प्रस्तुत कदम अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी भएको निष्कर्ष भएको ठहर समेत गरेको छ ।  त्यस्तै बैठकले निर्वाचनमा स्थिरता, शान्ति र संमृद्धिको नारा दिएर झन्डै दुई तिहाई जनमत प्राप्त गरेको वर्तमान सरकारले जनताबाट प्राप्त जनादेशको अपमान गरेको जनाउदै सरकार पद र शाक्तिको निहित स्वार्थमा लाग्दै देश जनताको अवमुल्यन गरेको जनाएकोछ ।

त्यस्तै कांग्रेसले सरकारका कारण उत्पन्न यो असहज परिस्थितिलाइ चिर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्था र संविधानको संरक्षण गर्दै मुलुकलाई सही मार्गमा डो¥याउनका लागि संसदमा क्रियाशील अन्य राजनीतिक दलहरुसंगको समन्वय र सल्लाहमा लोकतान्त्रिक पद्धतिको संरक्षणका लागि पहलकद्मी लिने निर्णय गरेको छ । यसैवीच काँग्रेसले मुलुकमा सिर्जना भएको विषम अवस्थाकालाइ सम्बोधन गर्न पुस ७ गते केन्द्रीय समितिको बैठक वोलाएको छ ।