मङ्लबार, बैशाख ४, २०८१

उपत्यकाका २३८ सहित देशभर थप ५८८ जनामा संक्रमण पुष्टि, ११ को मृत्यु

काठमाडौं पुस ५,
पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा गरिएको ४ हजार ६२० वटा कोभिड नमुना परिक्षणको क्रममा काठमाडौं  उपत्यकामा २३८ सहित देशभर थप ५ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ भने सक्रिय संक्रमितको संख्या ८ हजार ३२० रहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा अन्र्तगत काठमाडौमा १७९ ललितपुरमा ३३ र भक्तपुरमा २६ जना कोभिड संक्रमित पहिचान भएको जनाएको छ । आज पहिचान भएका संक्रमित संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५३ हजार ७७२ पुगेको छ भने संक्रमित मध्ये थप १ हजार ९७ जना संक्रमित उपचार पछि डिस्चार्जभएसंगै कोभिड मुक्त हुनेको सख्या २ लाख ४३ हजार ६६४ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तैगरि कोभिड संक्रमणबाट थप ११ जनाको मृत्युभएकोछ । योसंगै नेपालमा संक्रमणबाट निधन हुनेको संख्या १ हजार ७ सय ८८ पुगेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930