शुक्रबार, बैशाख ७, २०८१

संसद विघटनको सिफारिस सदर भए लगतै संवैधानिक निकायमा भएको नियुक्तिको सूची सार्वजनिक

फोटो:  साभार गोरखापत्र अनलाइन  

अख्तियार प्रमुखमा राई, आयोगमा भण्डारी र तुलाधरको सिफारिस

काठमाडौं पुस ५ ,

प्रधानमन्त्री केपी ओलीले संवैधानिक संसोधित संवैधानिक परिषदकोको बैठक मार्फत प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको संवैधानिक परिषद्को पछिल्लो बैठकले रिक्त अख्तियार प्रमुखमा प्रेम राईसहित ४५ वटै पदमा नियुक्तिको सिफारिस गरेको हो । प्रम ओली सहित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहितको बैठकले नियुक्तको सिफारिस गरेपनि बैठकका निर्णय त्यतिवेला लुकाईएको थियो ।

स्मरण रहोस प्रम ओलीले आजै संसद विघटन गरेका कारण नव नियुक्त पदाधिकारीको संसदीय  सुनवाइ हुन सक्ने  कुनै गुन्जायस नभएका कारण ४५ दिनपछि यिनीहरु सबैको नाम स्वतः अनुमोदन समेत हुने भएकोछ ।

प्राप्त जानकारी अनुसार  संवैधानिक परिषद्को बैठकले संवैधानिक निकायका रिक्त पदहरुमा सिफारिस गरेकाहरुमा क्रमस मानवअधिकार आयोगको अध्यक्षमा मीनबहादुर रायमाझीको नाम सिफारिस गरिएको छ । अख्तियार सदस्यमा जयबहादुर चन्दको नाम सिफारिस गरिएको छ । यस्तै, अख्तियारकै अर्का आयुक्तमा किशोरकुमार सिलवालको नाम सिफारिस भएको छ ।

त्यस्तै निर्वाचन आयोगमा रिक्त रहेको आयुक्तमा वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी र डाक्टर जानकी तुलाधरलाई नियुक्तका लागि सिफारिस गरेको छ । भने राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षमा तपबहादुर मगर सिफारिस भएका छन् । संवैधानिक परिषद बैठकले अध्यक्षमा मगर र सदस्यमा मनोज दवाडी, डा सूर्य ढुङ्गेल, लिली बस्नेत थापा र मिन ठाकुरलाई सिफारिस गरेको हो ।

त्यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्यमा जुद्ध गुरुङ र अमर राज मिश्र नियुक्त भएका छन । महिला आयोगको अध्यक्षमा कमलाकुमारी पराजुली र सदस्यमा कृष्णकुमारी पौडेल खतिवडा र विद्याकुमारी सुनार सिफारिस भएका छन । दलित आयोगको अध्यक्षमा देवराज बिक र सदस्यमा मिना शोब, परशुराम रम्तेल, कुञ्ज बराइली, मेहेने पार्थी सिफारिस भएका छन । समावेशी आयोगको अध्यक्षमा मानप्रसाद खत्री र सदस्यमा रामकृष्ण तिमिल्सिना, हरिदत्त जोशीको नाम सिफारिस भएको छ । आदिवासी जनजाती आयोगको अध्यक्षमा रामबहादुर थापा र सदस्यहरुमा मिनश्रीस मगर, मिनचुङ लामा, रिमा राना र शरण राइ सिफारिस भएका छन । त्यस्तै मधेसी आयोगको सदस्यमा जीवत्व साह, रेणुदेवी साह र विजय गुप्ताको नाम सिफारिस भएको छ । थारु आयोगको सदस्यमा विकास चौधरी, बबिता चौधरी, सुबोध सिंह । भोलाराम चौधरीको नाम सिफारिस भएको छ । मुस्लिम आयोगका सदस्यमा मोहम्मदिन अलि, मिर्जा अरसद बेगको नाम सिफारिस गरिएको छ ।